April 17, 2026

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

अन्तर्राष्ट्रिय मजदुर दिवसको कुनै रौनक भएन

हरेक वर्ष मे १ तारिख अर्थात विश्व मजदुर दिवसको दिनलाई विभिन्न कार्यक्रमको आयोजना गरी विभिन्न मजदुर संगठनहरुले आ–आफ्नै तरिकामा मजदुर दिवस मनाउने गर्दथे तर यो वर्ष भने त्यो उल्लास रहेन । विश्व नै त्रासमा बाचिरहेको बेला कुनै पनि मजदुरहरु यो दिवस मनाउन असमर्थ रहे । मुलुक नै विषम परिस्थितीमा रहेकोले यो दिवस मनाउनुको अर्थ पनि थिएन । तर मजदुरको हक अधिकार र तीनका सुरक्षाको सवाल सदैव उठि रहन्छ । अमेरिकाबाट सुरु भएको अधिकारको आन्दोलन हरेक वर्ष भएपनि त्यसको सुनिश्चितताको ग्यारेन्टी भने अझै हुन सकेको छैन । मजदुरहरुले प्रथम पटक पूँजिपतिहरुसँग पेशागत हक–अधिकारको विषयमा विजय प्राप्त गरेको दिन मे १ हो । यसै दिनको सम्झनामा हरेक वर्ष जस्तै नेपाली मजदुरहरुले पनि विविध कार्यक्रम गर्दै मजदुर दिवस मनाउँदै आएका थिए । कतिपय मजदुरहरुलाई यो वर्षको मजदुर दिवसको हेक्का रहेको छैन । लकडाउनका कारण कत्ति त घर बाहिर निस्कन सकेका छैनन भने कत्ति घर जान पाएका छैनन । कतिले त ज्यान नै गुमाउन पुगे । कत्ति श्रमिकले रोजगार गुमाउन पुगे । जव श्रमजीविका कुरा उठछ अनि सरोकार निकायका पसिना आउने गर्छ । श्रमजीवि वर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीमाथि कुठाराघात हुने गर्दछ । पश्चगामी र परिवर्तन विरोधी तत्वहरु श्रमजीवि जनताका अधिकार खोस्न उद्यत देखिएकाले प्राप्त उपलब्धीको रक्षाका लागि एकतावद्ध हुनु आवश्यक पनि छ । ‘श्रमजीवी वर्ग, राज्यको बहुआयामिक विकासका मुख्य आधार हुन् । श्रमिक वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा आर्थिक विकास र समृद्धि सम्भव हुँदैन । श्रमिकहरुको क्षेत्रमा अभैm पनि पेशागत सुनिश्चितताको अभाव खट्किरहेको छ । २४ घण्टा काम गर्दा पनि समयमा तलब, भत्ता लगायतका भौतिक सुविधा पाउन नसकेको, सामाजिक सुरक्षाको प्रत्याभूति हुन नसकेको अझ यसो भनौं कि मजदुरका लागि छुट्टै कुनै कानुन नहुनु नै मजदुरका लागि दुर्भाग्य भै“m हुने ग®ेको छ । पसिना चुहाएर मेहनत गरि काम गर्ने मजदुर भोक–भोकै मर्न वाध्य हुनु पर्ने अवस्था छ । यो परिस्थितीमा दिवस मनाएर रमझम गर्नु भन्दा पनि कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरको महामारीका कारण भएको निषेधाज्ञाले रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवि वर्ग गम्भीर समस्यामा पर्दा व्यवस्थापन गर्न आवश्यक छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright 2024 © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.