April 17, 2026

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

प्रभा एलुम्नाईद्वारा प्रभाका चम्किला ताराहरु सार्वजनिक

काठमाडौं/काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली ६ स्थित प्रभा माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको संगठन प्रभा एलुम्नाई एसोसियसनले गत शनिबार एक भव्य कार्यक्रमको आयोजना गरि प्रभाका चम्किला ताराहरु नामक पुस्तक विमोचन तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ । एसोसियसनका अध्यक्ष गोकुलप्रसाद गौतमको सभापतित्व तथा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. प्रेम नारायण अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अन्य अतिथिहरु माननीय सांसद तथा पू्र्वराज्यमन्त्री सू्र्यमान दोङ, पूर्वसांसद जितविर लामा, काभ्रे जिल्ला समन्वय समिति अध्यक्ष दीपक गौतम, चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईं, प्रभा बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष सन्तवीर लामा, प्रभा वहमुखी क्याम्पस प्रमूख जितराम लामा, प्रभा नमूना मा.वि का प्रअ गोकर्ण जि.सि., प्रभा वहमुखी क्याम्पसका पूर्व प्रमूख बलराम कोइराला, प्रभा वहमुखी क्याम्पस पूर्व क्याम्पस प्रमुख चडाप्रसाद चौलागाईं, प्रभा माविमा पहिलो एसएलसीमा सहभागि लोकनाथ गौतम, प्रभाका चम्किला ताराहरु पुस्तकका टिप्पनीकार डा. सीता सुबेदी पन्थी, वरिष्ठ साहित्यकार तथा शब्दयात्रा प्रकाशनका अध्यक्ष डा. हरि मन्जुश्री, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्राज्ञ धन प्रसाद सुबेदी, पूर्व राजदूत डा. गणेश योन्जन, नेपाल सरकारका सहसचिव डा. रुद्रसिंह तामाङ, नेपाल सरकारका सहसचिव डा.आसमान तामाङ, डा. राम लामा, चम्किला ताराहरु पुस्तकका लेखक रविन्द्रराज गिरी, चम्किला ताराहरु पुस्तकका लेखक नारायणप्रसाद चौलागाईं, चम्किला ताराहरु पुस्तकका लेखक संग्रमसिं लामा, चम्किला ताराहरु पुस्तकका ङेमादेर्जे लामा, निर्मलप्रसाद हुमागाईं (नेकपा एस चौरीदेउराली गा.पा.), बलराम ढुंगाना ( नेकपा एमाले चौरीदेउराली गा.पा) विनोद घिसिङ (एमाओवादी चौरीदेउराली गा.पा), सिर्जनशील जनता माविका पूर्व प्रअ घटुजराज गिरी, अखिल नेपाल लेखक संघ केन्द्रय सचिव लोक लामा, डा. अम्बर बहादुर लामा, डा. तारा बहादुर कुंवर, डा.महेन्द्र सापकोटा, सहप्राध्यापक डा. बासु गौतम, सहप्राध्यापक डा इन्दु के.सि. पूर्व उपसचिव डा.श्याम भट्टराई(कवि तथा समालोचक, पूर्व प्राध्यापक) आख्यानकार प्रजापति शर्मा, कवि पदम दाहाल, कवि ढुन्डी राज शर्मा, मुकुन्द गौतम, तेज पन्त, ठाकर बाँस्कोटा, रेशम चौलागाई, प्रभा वहमुखी क्याम्पसका स्व.वि.यू सभापति सुजन चौलागाई, चौरीदेउराली गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष किशोर राज गिरी, सिर्जनशील जनता मा. वि.का प्रअ रविन गौतम, विजयराज गिरी, मिष्टुप्रसाद गौतम, गुणराज गौतम लगायत रहनु भएको थियो ।
चुडा कोइराला र टीका पौडेलले सञ्चालन गर्नु भएको कार्यक्रममा निर्मलप्रसाद हुमागाईंले स्वागत मन्तव्य राख्नु भएको थियो भने पुस्तकको टिप्पनीकार डा. सीता सबेदी पन्थीले पुस्तकका बारेमा समिक्षा गर्नु भएको थियो । यसैगरी प्रभा वहमुखी क्याम्पस पूर्व क्याम्पस प्रमुख चडाप्रसाद चौलागाईंले आफ्नो अध्यापन यात्राको लामो फेहरिस्ता प्रस्तुत गर्दै आज यो दिन सम्म आईपुग्न सहयोग पु¥याउने र संगै रहने सबैलाई धन्यवाद व्यक्त गरि पुस्तक प्रकाशनबारे मन्तव्य राख्नु भएको थियो । यसैगरी प्रभाका चम्किला ताराहरु पुस्तकका सबै लेखक नेपालमा नभएकाले उपस्थित रहने लेखकहरुले आफ्ना अनुभव र यात्राका विषयमा प्रष्ट्याएका थिए । कार्यक्रममा सो विद्यालयमा पढेर विद्यालयको नाम उच्चस्थानमा राख्ने विभिन्न व्यक्तित्वहरुलाई अभिनन्दन गरिएको थियो । यसैगरी प्रमुख आतिथी प्रा. डा. प्रेम नारायण अर्यालले विद्यालय बास्तबमै नमूना रहेकोले यस्ता ताराहरु अझै विकास हुंदै जानुपर्नेमा जोड दिनुभयो । सम्पूर्ण लेखकहरुलाइ बधाइ तथा शुभकामना व्यक्त गर्दै प्रा. डा. अर्यालले यस्तो उत्कृष्ठ कार्यक्रममा आफूलाइ सम्झिएकोमा एसोसियसनलाइ धन्यबाद पनि व्यक्त गर्नु भयो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright 2024 © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.