गायिका विष्टको ‘कलशैमा ध्वजा’ सार्वजनिक
काठमाडौं/लोक तथा दोहोरी गायिका सुशिला विष्टको लोक दोहोरी गीत ‘कलशैमा ध्वजा’ सार्वजनिक भएको छ । रोमान्टिक भावमा प्रस्तुत यो गीत छोटो समयमा नै दर्शकको नजरमा परेको छ । गीतमा प्रेमिल शव्द, मौलिक भाका र संगीत संयोजनको राम्रो तालमेल भएकै कारण पनि सबैले रुचाएको गायिका विष्टले बताउनु भयो । शरण हुमागाईंको शव्द, नवराज गौतमको लय तथा विष्णु तामाङको संगीत संयोजन रहेको उक्त गीतमा शरण हुमागाईं र सुशिला विष्टको आवाज समाबेस छ । मारुनी डिजिटल रेकडिङ स्टुडियो रेकर्ड गरिएको यो गीतको ध्वनी सम्पादन कुमार रानाले गरेका हुन् ।
निकै सफल र व्यक्त निर्देशक मिलन श्रेष्ठको निर्देशनमा यो गीतलाई मुकेश हुमागाईले छांयाकन गरेका हुन भने राजाराम सिंखडा र अनिता खड्काको यो गीतमा जीवन्त अभिनय रहेको छ । रोशन धितालले दृश्य सम्पादन गरेको यो गीत सुशिला विष्ट अफिसियल युट्युव मार्फत सार्वजनिक भएको हो ।
हेर्नुहोस पूरा भिडियो