April 17, 2026

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

करुणाको नयाँ गीत ‘पछ्यौरी फेरामा’ डिजिटल बजारमा

काठमाडौं/पछिल्लो समयकी व्यस्त एवं चर्चित गायिका करुणा राईको लोक तथा दोहोरी गीत ‘पछ्यौरी फेरामा’ डिजिटल बजारमा सार्वजनिक भएको छ । माया प्रेमका छताछुल्ल भाव समेटिएको यो गीत अलि पृथक भएका कारण पछिल्लो पुस्ताका आम श्रोता तथा दर्शकले मन पराउने अपेक्षा गरिएको छ । शरण हुमागाईंको शव्द, शंकर बराईलीको संगीत तथा राजु कार्कीको संगीत संयोजन रहेको उक्त गीतमा शरण हुमागाईं र करुणा राईको आवाज सुन्न सकिन्छ । शंकरा डिजिटल रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतको ध्वनी सम्पादन कुमार सानु पुनले तथा रेकर्ड सागर पुनले गरेका हुन् ।
समिर थोकरको निर्देशनमा यो गीतलाई कमानसिं राईले छांयाकन तथा सम्पादन गरेका हुन भने करुणा राई, शरण हुमागाईं, शोभा रसाईली र अस्मिता भुजेलको अभिनय रहेको छ । पछ्यौरी फेरामा गीत करुणा राई अफिसियल युट्युव मार्फत सार्वजनिक गरिएको छ ।
हेर्नुहोस पूरा भिडियो

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright 2024 © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.