–शरण हुमागाईं
काठमाडौं/लोकप्रिय गायिका करुणा राईको यो वर्षको तीजको कोशेली ‘ म कस्ती भैछु’ सार्वजनिक भएको छ । मौलिक कथाबस्तुमा तयार भएको यो गीत शरण हुमागाईंको शव्द सृजना, विष्णु तामाङको लय सृजना तथा संगीत संयोजन अनि करुणा राईको आवाजमा तयार भएको हो । त्रिवेणी डिजिटल रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई राजकुमार बगरले मिक्सिङ माष्टरिङ गरेका हुन् ।
यो गीतमा करुणा राई लगायत कल्पना लिम्वु, सुनिता केसी, सुनिता राई, पुनम राई, विद्या तामाङ, सुजना मगर, सृजना राई, विनिशा मगर, अम्बिका राई, सामना मगर, सुहाना राई, समृदी मगर, रचना मगर, रोसु श्रेष्ठ, पविता विसुन्खे, रिया विक, ईशा मगर, बिना मगर, माया राई, कल्पना मगर, मिना श्रेष्ठ, रमला लिम्बु, संगीता तोलाङ्गी, दिलु राई, रोजीना आले, रेश्मी डंगोल, मुना मगर, सावित्रा यास्माली मगर, सानु विसुन्खे, माया मगर, इन्द्रमाया राई, मनिषा कार्की, सुनिता कार्की, सृजना लिम्वु, सुमिना राई, मेनुका मगर, रमिता तिरुवा, सर्मिला तामाङ, सर्मिला विसुन्खे, प्रमिला तामाङ, कमला थापा, अम्बिका थापा, वली माया वस्याल, सविता मगर, यशोदा मगर, टेक ब घिमिरे, गोमा राना, यमश्वरी राई, वर्षा राई लगायतको अभिनय रहेको छ ।
चेली माइतीका कथा, साथीसंगीको भेट रमाईलो माया प्रेमको संयोगान्त काहानी रहेको गीतमा कृष्ण सुवेदीको निर्देशन, राज कोइरालाको
कोरियोग्राफी, कृष्ण सुवेदी र वर्षा राईको शृंगार अनि कमानसिं राई (याम्फु) को छांयाकन रहेको छ । करुणा राई अफिसियल युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको छ ।
हेर्नुहोस पूरा भिडियो











Leave a Reply