April 17, 2026

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

करुणाको ‘प्यारी साथी’ बजारमा

काठमाडौं लोकप्रिय गायिका करुणा राई र लीला राईको आबाजमा ‘प्यारी साथी’ बजारमा आएको छ । साथीसँगका हरेक क्षणको स्मरण गराउँदै गीतले साथीसँगका स्मृती व्यक्त गरेको छ । जहाँ जाँदा पनि नछुटिएर, एकै प्राण भएर रहेका विगतलाई स्मरण गराइएको छ । त्यसैले पनि साथीलाई सबैभन्दा माथिको स्थान छ भन्दै सर्जक शंकर बराइलीको उत्कृष्ठ लय तथा शव्द सृजनालाई राम कार्कीले एरेन्ज गरेपछि गीतले बास्तविकता पायो ।
अडियोले साथीको बयान जति गरेपनि भिडियोले त्यसलाई उझै प्राण भरिदिएको छ । अभिनयका माध्यमबाट मोडल करुणा राई र सुनिता केसीले दुई साथीको भूमिका जिबन्त प्रर्दशन गरेका छन् । रिलमा हैन साँच्चै रियलमा झै उनीहरुको अभिनयले गीतलाई ओझनदार बनाई दिएको छ । यो गीतको भिडियो करुणा राई युट्युव च्यानलबाट बजारमा आएको छ भने अडियो करुणा राई टपिक च्यानलबाट सार्वजनिक गरिएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright 2024 © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.