April 17, 2026

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

चौरी देउरालीको अक्सिजन प्लान्ट निर्माणमा स्मरण सहकारीले आर्थिक सहयोग गर्ने

काठमाडौं/काभ्रेको चौंरी देउराली गाउँपालिकामा जनस्तरबाट बन्न लागेको अक्सिजन प्लान्टको लागि स्मरण बचत तथा ऋण सहकारी संस्थाले आर्थिक सहयोग गर्ने भएको छ । गत शनिवार बसेको संचालक समितिको बैठकबाट सामाजिक उत्तरदायित्व अन्तर्गत पचपन्न हजार पाँच सय पचपन्न रुपैंया सहयोग प्रदान गर्ने सर्वसम्मत निर्णय गरेको हो । भौगालिक हिसावबाट बिकट मानिने काभ्रे कोशिपारीबाट काठमाडौं आई बिभिन्न पेशा ब्यबसाय संचालन गरि संस्थामा आबद्ध समग्र सदस्यहरुमध्ये ठूलो हिस्सा सोही पालिकाभित्रकै रहेकोले उक्त चौरी देउरालि गाँउपालिकामा बन्न लागेको अक्सिजन प्लान्ट का लागि आ.व. ०७७/७८ मा छुट्टिने सामाजिक उत्तरदायित्व कोषबाट सहयोग गर्न लागिएको संस्थाका प्रवन्ध सञ्चालक निर्मलप्रसाद हुमागाईले जानकारी दिनुभयो । हालसम्म अक्सिजन प्लान्ट स्थापनार्थ गाउँपालिकाबाट रु १० लाख उपलब्ध भएको छ भने जनस्तरबाट करिब ३० लाख उपलब्ध भैसकेको छ । हालसम्म झन्डै ५० लाख रकम बराबरको प्रतिबद्धता समेत भैसकेको छ । उक्त अक्सिजन प्लान्ट स्थापनाको लागि अनुमानित लागत करिब १ करोड २५ लाख लाग्नेछ ।
यसैगरी संस्थाले कोरोना महामारीको कारण अप्ठ्यारोमा परेका ऋणी सदस्यलाई व्याजमा छुट दिने भएको छ । नियमिति तिर्नु पर्ने बाँकी रहेका सम्पूर्ण किस्ताहरु (साँवा व्याज), नियमित तथा एकमुष्ट मिति २०७८ असार २५ सम्म तिर्ने सदस्यहरुको हकमा जेष्ठ र असार महिनाको तिर्नु पर्ने व्याजमा १० प्रतिशत र नियमित तिर्नु पर्ने किस्ता समयमा तिर्न नसकि व्याजमात्र तिर्ने सदस्यहरुले (नियमित तथा एकमुष्ट) मिति २०७८ असार २५ सम्म तिर्ने सदस्यहरुलाई जेष्ठ र असार महिनाको तिर्नु पर्ने व्याजमा ५ प्रतिशत छुटको व्यवस्था गरेको छ । संस्थाबाट ऋण लगानी भई नियमित रुपमा किस्ता तिरी रहेको अवस्थामा यो महामारीको कारणले तिर्नु बुझाउनु पर्ने रकम तिर्न बुझाउन नसकि भाका नाघेका ऋणीहरुको हकमा बाँकी रहेको व्याज रकम र व्यवस्थापन शुल्क लिई एक पटकको लागि नविकरण समेत गरिने र त्यस्तो नविकरण गरिएको ऋणमा समेत तिर्नु पर्ने व्याजको ५ प्रतिशत छुट दिने निर्णय पनि गरेको छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright 2024 © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.