June 6, 2026

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

चौरीदेउरालीका बाख्रामा पिपिआर संक्रमण पुष्टि

चौँरीदेउराली/काभ्रेको चौँरीदेउरालीको एक फर्मको बाख्रामा पिपिआर रोगको संक्रमण देखिएको छ । काभ्रे जिल्लाको चौरी देउराली गाउँपालिका वडा नम्बर ६ का बिष्णुराज गिरीको चौरीदेउराली एकिकृत नमूना कृषि फर्ममा पालिएको १८ वटा बाख्राहरुमा पिपिआर संक्रमण पुष्टि भएको जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेका प्रमूख डा. मोगल प्रसाद शाहले बताए । गिरीको फर्ममा संक्रमण देखा परि लगातार ६ वटा बाख्राहरु मरेपछि बाँकी बिरामी रहेका माउ बाख्राहरुको र्याल र मरेका बाख्राहरुको सल्यक्र्रिया लगायत लक्षणहरुको
ल्याबबाट परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको शाहले बताएका छन् । शाहले बिरामी बाख्राहरुका लागि छुट्टै उपचार प्रणाली अपनाउन किसान र त्यहाँ कार्यरत प्राविधिकलाई निर्देशन दिएको बताए । उनले मानव संसाधनमा पनि आफूहरु फिल्डै गएर त्यहाँ कार्यरत प्राविधिकहरुको समन्वयमा सो कुरा पत्ता लाग्न सफल भएको बताए । फर्म सञ्चालक गिरीका अनुसार उनले सिरोही जातको बाख्रा कञ्चनपुर र केही बाख्रा पाँचखालबाट ल्याएको बताए । उनले बिरामी भएका बाख्रहरुको पनि स्वास्थ्य अवस्था सुधारात्मक रहेको बताए । डा. शाहका अनुसार पिपिआर रोग बिषाणुबाट लाग्छ यो एकदमै संक्रामक छिटो छिटो सर्ने हुन्छ । यसलाई बाख्राको हैजा भनेर चिनिन सकिन्छ भने यस रोगको प्रमूख लक्षणहरुमा बाख्राहरुमा अत्यधिक ज्वरो आउने, मुख थुतुनो सुन्नीने, आँखा राता राता देखिने, खाना नखाने,नाकबाट सिगान बगाउने, गिजा मुखमा घाउ हुने, निमानिया हुने, रगत मिसिएको गनाउने छेर्ने, तापक्रम घट्दै गै मृत्यु हुने हुन्छ । रोग सर्ने माध्यमहरुमा रोगी पशुसंगको निरोगी बाख्रा लसपस भएमा, रोगीले खाएको दाना पानी खाएमा, रोगीले प्रयोग गरेको गोठ, खोर, चरन आदी प्रयोग गरेमा पनि यो रोग सर्न सक्ने बताए । पिपिआर नियन्त्रणका लागि प्रत्येक १ बर्षमा नियमित खोप लगाउने, नयाँ बाख्रा किन्दा खोप लगाएको मात्र किन्ने, गर्न समेत किसानहरुलाई आग्रह गरेका छन् । शाहले भने यस रोगको उपचार नलाग्न सक्छ । लक्षणको आाधारमा उपचार गर्ने ,कागतीको रस खान दिने, नरम घास र मन तातो ,पानी खान दिने, खुल्ला हावामा राख्ने लगायतका क्रियाकलाप गर्न समेत सुझाएका छन् ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright 2024 © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.