April 17, 2026

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

पुर्णिमाले चुमिन ११ औं विन्ध्यवासिनी म्युजिक अवार्ड

काठमाडौं/हालै सम्पन्न ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट चर्चित गायिका पुर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको सर्बोत्कृष्ट गयिकाको रुपमा ११ औं विन्ध्यवासिनी म्युजिक अवार्ड चुम्न सफल भएकी छिन । चैत्र २७ गते याक एण्ड यति होटल दरबारमार्ग काठमाण्डौमा भब्यताका साथ सम्पन्न भएको उक्त अवार्ड समारोहमा चर्चित गायिका पुर्णिमा लामाले “मुटु जलि खरानी भो” भन्ने गितबाट अवार्ड हात पार्न सफल भएकी हुन । जुन गीतले गायिका पुर्णिमा लामालाई सांगितिक क्षेत्रमा चिर परिचित गराएको थियो । जुन गितको शब्द संगीत बलराम साउदको रहेको थियो । गायिका पुर्णिमा लामासँग अन्य चर्चित गायिकाहरु निशा देशार, मेलिना राई, सुमिना लो, र बानिका प्रधानहरु प्रतिस्पर्धामा रहेका थिए ।
विन्ध्यवासिनी म्युजिक प्रा लि द्वारा बिभिन्न २५ बिधामा अवार्ड वितरण गरिएको थियो । सानै उमेरमै सांगितिक क्षेत्रमा चर्चाको शिखर चुम्न सफल गायिका पुर्णिमा लामाले हाल सम्म झन्डै चार सय भन्दा बढी गीत गाइसकेकी छिन ।
कलाकारहरुलाई सधैँ उच्च सम्मानका साथ आयोजना गरिने विन्ध्यवासिनी म्युजिक अवार्डको ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट सुगम संगीत महिला गायिका विधातर्फको सर्बोत्कृष्ट गायिकाको रुपमा ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड प्रधान गरिदिनु भएकोमा पुर्णिमा लामाले खुशि हुुदै विन्ध्यवासिनी म्युजिक प्रा लि की अध्यक्ष लिना शर्मा रेग्मी, विन्ध्यवासिनी म्युजिक प्रा लि का संचालक सुबाश रेग्मी लगायत सम्पुर्ण आयोजक परिवार प्रति हृदय देखिनै हार्दिक अभार प्रकट गरेकी छिन् । विन्ध्यवासिनी म्युजिक प्रा लि जस्तो गौरवमय म्युजिक कम्पनीको अवार्ड लिन पाउँदा आफुमाथि थप सांगितीक अभिभारा थपिएकोमा आफु निरन्तर सांगितीक क्षेत्रमा कृयासिल रहने समेत लामाले बताईन ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright 2024 © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.