April 17, 2026

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

चौंरी देउरालीमा राष्ट्रिय परिचय–पत्र अभियान

चौंरीदेउराली/काभ्रेको चौंरीदेउराली गाउँपालिकामा राष्ट्रिय परिचय पत्रको विवरण संकलन सम्बन्धि कार्यका लागि स्थानीय तहसँग समन्वय र सहकार्य अभियान कार्यक्रम सम्पन्न भएको छ । गत सोमबार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अभियानको लागि प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका प्रहरी प्रमुखहरु सहितको टोली पुगेका थिए । कार्यक्रममा राष्ट्रिय परिचय पत्र र यसको महत्वकाबारेमा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सहजीकरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले सुसासन र पारदर्शीको लागि राज्यले राष्ट्रिय परिचयपत्रको अवधारणा ल्याएको बताए । नागरिकता प्रमाणपत्र विस्थापित हुने बताउँदै पोखरेलले नागरिकताको काम पासपोर्ट बनाउन र मताधिकार प्रयोग गर्न मात्र उपयोगी हुने बताए । उनका अनुसार ३ वर्ष भित्र २ करोड नेपाली नागरिकको विवरण राष्ट्रिय परिचय व्यबस्थापन सूचना प्रणालीमा प्रबिष्ट गरी सेवा सुबिधामा आवद्ध गराउने लक्ष्य रहेको बताए । राष्ट्रिय परिचय पत्र प्रविष्ट गर्दा सावधानी पूर्वक कार्य गर्न कर्मचारीहरुले उनले निर्देशन समेत दिए ।
त्यसैगरि कार्यक्रमको अध्यक्षता गरिरहेका गाउँपालिका अध्यक्ष दिननाथ गौतमले राज्यले नयाँ खालको सिस्टमलाई जन्तासँग जोड्न खोजेको बताउँदै निर्धारित समय भित्र कार्य सम्पन्न गर्न कर्मचारीहरुलाई निर्देशन दिए । ‘यो कार्यमा तपाईंहरु असाध्यै संवेदनशील हुनुपर्छ । तदारुकता पनि हुनुपर्छ । अध्यक्ष गौतमले भने, ‘राज्यले नयाँ खालको सिस्टमलाई जन्तासँग जोड्न खोजेको छ । अब यो जिम्मेवारी हामीलाई दिएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौलागाईं, जिल्ला समन्वय अधिकारी केशब रिजाल, जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी भुपेन्द्रबहादुर खत्री, सशस्त्र प्रहरीका एसपी महेश केसी, जिल्ला सरकारी कार्यालयका वकिल चन्द्रकुमार पोखरेल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामा, सबै वडाका वडा अध्यक्षहरुको सहभागीता रहेको थियो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright 2024 © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.