April 17, 2026

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

सेवाग्राहीलाई समस्या मिलाईदिन्छु भनि प्रलोभनमा पारेको अभियोगमा पक्राउ

प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई समस्या मिलाईदिन्छु भनि प्रलोभनमा पारेको अभियोगमा काठमाडौं गौशला बस्ने झापा, झापा गाउँपालिका–४ घर भएका २६ वर्षीय तार्जन कुमार गणेशलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१३ स्थित महानगरीय प्रहरी वृत्त कालिमाटीको कार्यालय तथा आसपासमा सेवाग्राहीको रुपमा आउने सर्वसाधारण नागरिकलाई विगत केही दिनदेखि तपाईको समस्या मिलाईदिन्छु भनि प्रलोभन दिने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले निग्रानी गर्ने क्रममा सुन चोरीसँग सम्बन्धित घटनाका पीडित काभ्रे नमोबुद्ध नगरपालिका–८ घर भएका एक पुरुषलाई यो मुद्धा म मिलाई दिन सक्ने भन्दै प्रलोभनमा पारिरहेको अवस्थामा फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright 2024 © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.