भक्तपुर/नारायण गिरी सत्य रुपा वंशावली समाजले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेको छ । गत भदौ १० गते नेपाल–तिब्बत सिमानाको लाङटाङ लिरुङबाट भोटेकोशीमा हिमपहिरो खसी रसुवा नुवाकोट धादिङ लगायतका जिल्लाहरूमा जनधनको क्षति पुगेपछि उक्त बंशावली समाजले उक्त राहत उपलव्ध गराएको हो । चौंरीदेउराली गाउँपालिका वडा नं. ६ काभ्रेमा मुख्य कार्यालय रहि राधेराधे भक्तपुरमा शाखा सञ्चालनमा रहेको उक्त समाजको यो सहयोग पहिलो भने होइन । देशमा आइपर्ने विभिन्न विपत्ति र अन्य सामाजिक कार्यमा अग्रणी भूमिका खेलेको यो संस्था २०७६ सालमा स्थापना भएको हो । विपत्तिहरूमा मानवीय सेवा गर्नु हामी सबैको कर्तव्य भएकोले प्रधानमन्त्री दैविक प्रकोप राहत कोष हिमालयन बैंकमा रहेको खाता नं १२००५६३१२१००३९ गठ्ठाघर शाखामा रु १,०१,०००/–(एक लाख एक हजार) रुपैया जम्मा गरिएको सचिब हरिराम गिरीले जानकारी दिनुभयो । समाजमा ध्रुवराज गिरीको अध्यक्षतामा ११ जनाको कार्यसमिती रहेको छ ।













Leave a Reply