April 17, 2026

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

राष्ट्रिय कर्मचारी संघठनद्वारा विभिन्न कार्यक्रम सञ्चालन

काठमाडौं/नेपाल प्रज्ञा प्रतिष्ठानको ६८ औं वार्षिक उत्सवको अवसरमा नेपाल राष्ट्रिय कर्मचारी संघठनद्वारा विभिन्न कार्यक्रम आयोजना गरि सम्पन्न गरिएको छ । सो अवसरमा विभिन्न अतिरिक्त क्रियाकलाप तथ रक्तदान कार्यक्रम गरिएकोछ । झण्डै १५ दिन अघिदेखि विभिन्न खेलकुदका कार्यक्रमहरु सञ्चालन गर्दै गत सोमबार कार्यक्रम समापन गरिएको थियो । कार्यक्रमका क्रममा नेपाल कर्मचारी संगठनका अध्यक्ष मेहेश्वर थापा मगरले देशैभरि समस्या भइरहने रगतको अभावलाई मध्यनजर गर्दै हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको र कर्मचारीलाई प्रोत्साहन गर्न अन्य कार्यक्रमहरु पनि गर्दै आएको जानकारी दिनु भयो । यसैगरी संगठनका सचिव धनप्रसाद अधिकारीले खेलकुदमा सहभागि व्याडमिन्टन डवल तर्फ नैनबहाुर कार्की र बलराम श्रेष्ठ, व्याडमिन्टन सिङ्गल तर्फ पूर्णबहादुर तामाङ, चेसमा जगन्नाथ ढकाल, क्यारेमबोट डवल तर्फ विनित के.सी र अरुण भण्डारी, क्यारेमबोड सिङ्गल तर्फ विनित केसी, बाघचालमा शेषराज देवकोटा प्रथम हुनु भएको जानकारी दिनु भयो । यस्तै व्याडमिन्टन डवल तर्फ विजयमान सिंह प्रधान र राम महर्जन, व्याडमिन्टन सिङ्गल तर्फ नैनबहादुर कार्की, चेसमा नविन चौलागाईं, क्यारेमबोट डवल तर्फ अन्जान थापा मगर र नविन चौलागाईं, क्यारेमबोड सिङ्गल तर्फ नैनबहादुर कार्की, बाघचालमा जगन्नाथ ढकाल द्धितीय हुनु भयो । यसैगरि संगठनका सदस्य राजु खड्काले ५१ जनाले रक्तदान गरेको समेत जानकारी गराउनु भयो ।
नेपाल राष्ट्रिय कर्मचारी संघठनले हरेक वर्ष यस्ता कार्यक्रमलाई निरन्तरता दिंदै आइरहेको छ । आगामी वर्षहरुमा पनि संगठनले कर्मचारीको हौसला बढाउन यस्ता कामलाई निरन्तरता दिने संगठनका अध्यक्ष महेश्वर थापा मगरले जानकारी दिनु भयो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright 2024 © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.