December 5, 2022

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

सुगम संगीतमा उदाएका गायक बुद्ध मोक्तान

1 min read

कवानपुर जिल्लाको हेटौडा उपमहानगर पालिका –१७, हटियामा बुवा पूर्णबहादुर मोक्तान र आमा विष्णुकुमारी मोक्तानको कोखबाट एउटा मध्यम परिवारमा २०५३ सालमा जन्मिएका बुद्ध मोक्तान पछिल्लो समयमा अव्बल गायकको परिचय बनाउन सफल भएका छन् । बाल्यकालको अधिकांश वर्षहरु गाउ“ बिताएका उनले श्री वालबोध उच्च माध्यमिक विद्यालयमा स्कुले जीवन पार गरी धेरै सपना सजाएर राजधानी झरेका बुद्धले त्यसपछिका दिनहरुमा उच्च शिक्षा लिदैं गायनमा पनि समय खर्चिन थालेका थिए । विशेष गरी गायनमा तीब्र अभिरुचि भएका मोक्तान बिगत ५ वर्षदेखि यो क्षेत्रमा संघर्ष गर्दैछन् । सानै उमेरदेखि विभिन्न म्यूजिकल प्रोग्राममा सहभागी बन्दै आफूमा पनि कला भएको आभाष दिलाउ“दै आएका बुद्ध पछिल्लो समय अझै निखारिएका छन् । मिलनसार र नम्र स्वभावका धनी अनि आवाजमा रस भरिएका उनी आफ्नो जीवनको यात्रामा कम उमेरमै सफलता हात पार्न सफल भएका छन् । ‘छोडी गइछ्यौ मलाई’ गीतबाट साङ्गीतिक यात्रामा लम्किएका उनी संगीत प्रेमी श्रोता दर्शकको प्रंशसाको पात्र बन्न पुगेका छन् । ‘घर मेरो हेटौडा’ सेलो गीतबाट निकै नै वाही वाही पाएर अन्य सफल गीतमा आवाज दिईसकेका बुद्धले हालसम्म करिब एक दर्जन भन्दा बढी गीतमा आवाज दिईसकेका छन् । ‘घर मेरो हेटौडा’ उनको जीवनको ऐतिहासिक गीत पनि हो जसले आफ्नो गृह नगर मात्र होइन सबैतिर चिनिने अवसर दिलायो । उनी भन्छन् ‘ मेरो जीवनमा सङगीत नै मुख्य कुरा भएको छ । घरबाट ठुलो सपना लिएर काठमाडौं आएको थिए“ र अहिले मेरो सपना साकार भएको जस्तो लाग्छ, उनी भन्छन् ।’ संगीतलाई कसरी लिनु भएको छ ? भनेर राखिएको जिज्ञासाको जवाफ दिदै उनी भन्छन्– ‘सङ्गीत क्षेत्रमा सफलता पाउन निकै मेनहत तथा संघर्ष गर्नुपर्ने रहेछ । चाहे आफ्नो सुख, चाहे आफ्नो दुःख, अनि कतै देखिएका, कतै भोगिएका कुराहरु संगित साधनामा व्यक्त गर्नु संगित हो जुन सुनेपछि वा व्यक्त गरेपछि सुखानुभूति हुन्छ । दुःख पर्नेले केही दुःख हल्का महशुस गर्छ । खुसीमा रहनेले अझै आनन्दको महशुस गर्छ । यस क्षेत्रमा प्रवेश गर्ने रहर गरेर मात्रै पुग्दैन, आर्थिक, कला र दृढ विश्वास पनि हुनु पर्ने उनको बुझाई छ । २०७६ सालको ओएस नेपाल म्यूजिक अवार्डमा छोडि गइछ्यौ गीतबाट सर्वोकृष्ट नव गायकको अवार्ड पाएपछि अझै जा“गर पलाएको उनले सुनाए । गायन अलावा राष्ट्र सेवकको आफ्नो काममा उतिकै समय दिने गरेका बुद्ध मोक्तानले गायका दशैं आउ“दा तिहार आउ“दा आमा, जबसम्म सास छ, छोडि गइछ्यौ, घर मे®ो हेटौडा लगायतका गीतहरु अत्याधिक सफल भए । अहिले उनि संगितका विभिन्न कोर्षहरु लिईरहेका छन् । सेलो तथा सुगम संगितमा राम्रो स्थान बनाउन सफल बुद्ध मोक्तानलाई यो क्षेत्रमा छलाङ मार्नका लागि हाम्रो पनि शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.