April 17, 2026

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

कम्बोडिया पठाइदिन्छु भनि रकम ठग्ने समातिय

file photo

कम्बोडिया पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा मकवानपुर वागमती गाउँपालिका–८ भवानचुली बस्ने २४ वर्षीय विजय भन्ने आयुष मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट उनलाई पक्राउ गरेको हो । आयुषले काभ्रे पाँचखाल नगरपालिका–८ चिसापानी बस्ने ६ जनालाई भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ति ६ लाख ५० हजार लाग्ने र कम्बोडिया पुगेपछि क्यासिनोमा ‘बोस गार्ड’मा काम लगाईदिने प्रलोभनमा पारी उनीहरूबाट ३९ लाख रुपैयाँ लिई सम्पर्क विहिन भएका थिए । उनलाई थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright 2024 © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.