Advertisement

आम नेपालीले भोगेको महाविपत्तिको ६ वर्ष

बैशाख १२, महाभूकम्पको छ वर्ष पूरा भएको दिन । ०७२ बैशाख १२ गते आजकै दिन प्रलयकारी महाभूकम्पमा परि ८ हजार ८ सय एकानव्बे जना नेपालीले ज्यान गुमाए भने २२ हजार ३ सय २ जना अंगभंग भएका थिए । कत्तिका घरबास नै उठेको थियो । उक्त भूकम्पको धक्का नेपाल लगायत छिमेकी मुलुक भारत, बंगलादेश र चीनमा समेत महसुस भएको थियो । भूकम्पका कारण विश्वका १० पर्यटकिय उपत्यका मध्यको लाङटाङ उपत्यका हिउ“ पहिरोमा पुरिएको थियो । यसै गरि सिन्धुपाल्चोक जिल्लाको सिपाघाट भन्ने बजार पनि पु®ै बगरमा परिणत भएको थियो भने भीमसेन थापाले निर्माण गर्न लगाएको धरहरा केवल इतिहासका पन्नामा सिमित बन्न पुग्यो ।
यो भुकम्पले केवल घर जमिन मात्र हल्लाएन, सम्पुर्ण नेपालीको मुटु पनि हल्लायो । २०७२ साल बैशाख १२ गते शनिवार मध्यान्न भन्दा केही पहिले जमिनको सतह भन्दा ९ माइल मुनी रहेको एक चट्टान सर्यो र ठुलो धक्का दियो । काठमाडौं उपत्यकालाई चिरिदिएको यो धक्का २० आणविक हतियार फुटे
जत्तिकै शक्तिशाली थियो भन्ने अनुमान लगाइएको थियो । सो भूकम्प लगभग ३४ किमी (२१ माइल) पूर्व(दक्षिणपूर्व बारर्पाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प १५ किमी (९.३ माइल) गहिराईमा गएको थियो जुन विसं १९९० को महाभूकम्प पछिको यो सबैभन्दा ठुलो भूकम्प थियो । भूकम्पले गर्दा काठमाडौं उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवनहरू भत्किएका थिए जसमा वसन्तपुर दरवार क्षेत्र पनि रहेको छ । भूकम्पले सखाप पारेको ६ वर्ष पूरा भयो तर अझै पनि आंशिक वाहेक पीडितका घाउमा मल्हम लाग्न सकेको छैन । थुप्रै भौतिक संरचनाहरुको जीर्णोद्वार हुन सकेको छैन । गत साल वैशाख १२ गते गोरखाको बारपाकमा केन्द्रविदु बनाई गएको भूकम्प र त्यसपछिका पराकम्पहरुले करिब ८ लाख निजी घरहरु पूर्णरुपमा ध्वस्त भएको सरकारी तथ्यांक छ । विनाशकारी भूकम्प आएपछि भाग्य र कर्म अनि दैव र भविष्यको चर्चा बढी भए । प्रकृतिको गर्भमा हुने उथल पुथलले आउने भूकम्पलाई दैविक विपत्ति पनि भनियो । कसले के भने कसले के भने ? ज्योतिÈदेखि भूगर्भविद्हरुसम्मको हवाला दिएर जनतालाई त्रस्त पार्ने काम भयो । कसैस“ग कति Ôमताको कहिले आउ“छ भनेर भन्न सक्ने कुनै ज्ञान पनि थिएन । भूकम्प आउन सक्छ भन्ने आधारहरु प्रशस्त छन् । तर, त्यसताका अनेक भविष्यवाण्ँी भए, संचारमाध्यमहरुले त्यसैलाई आधार बनाए, त्रस्त जनता त्यसैको पछि लागे । अनि सबैका त्रिपाल मुनीको बास भयो, घरबास सद्दे हुनेहरुको पनि । बिपत्तिको ६ वर्ष पुगे पनि आम मानिसमा त्रास भने मेटिएको छैन् । अव त्यहि विनासको सम्झना गरेर बस्ने बेला छैन । उत्तिबेलै ढलेको अर्थतन्त्र उठ्न नपाउ“दै कोभिडले मुलुकलाई पछिमात्र थकेलेन–जनमानसमा त्रास समेत फैलाएको छ । अव सावधानी अपनाएर सबै मिली कोभिडबाट बा“च्ने र बचाउने बेला आएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *