July 1, 2024

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

नव काभ्रेली सहकारीले गर्याे साधारण सभा

1 min read

काठमाडौं/नव काभ्रेली वचत तथा ऋण सहकारी संस्था लि. ले २२ औं साधारणसभा सम्पन्न गरेको छ । संस्थाले गत वर्ष भन्दा ४ लाख १२ हजार ६ सय चुक्ता पूँजीमा बृद्धि गराउँदै ५ करोड ६७ लाख ६६ हजार ६ सय पुर्‍याएको छ । १ हजार ५९ जना सदस्य रहेको उक्त संस्थाले हालसम्म ३४ करोड २३ लाख ६३ हजार १५ रुपैया कुल वचत संकलन गरेको छ भने ०७९ असार मसान्तसम्म ४१ करोड ९४ लाख २२ हजार ५ सय अन्ठाउन्न रुपैया ऋण लगानी गरेको छ । गत शनिवार भएको संस्थाको वाइसौं साधारण सभामा संस्थाका सचिव रामहरि श्रेष्ठले आ.व.०७८/७९ को प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष पुजन श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष जवाहरलाल श्रेष्ठको अनुमतिमा सदस्य दिपकप्रसाद गौतमले प्रस्तुत गर्नु भएको थियो ।
नेपाल वचत तथा ऋण केन्दीय सहकारी संघ लि.का अध्यक्ष श्री परितोष पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथी कास्कूनका अध्यक्ष दिपक पनेरु, का.म.न.पा.वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन, अतिथि तथा विषेश सल्लाहाकार नारायणप्रसाद शर्मा गैरे, अतिथिहरु राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय न्यूरोडका प्रबन्धक केदार उप्रेती, नेफ्स्कुन न्यूरोड शाखाका फिल्ड शाखा प्रमुख मनोजकुमार कार्की, विशेष सल्लाहाकार मधुप्रसाद आचार्य, कानूनी सल्लहाकार प्रकाश काफ्ले तथा सल्लाहकारहरु कृष्णप्रसाद गौतम, शुभाषचन्ऽ के. सी., रीता वादे श्रेष्ठ सेवाचार्य लगायतका रहनु भएको थियो । प्रमुख अतिथी पौडेलले कार्यक्रममा बोल्दै पछिल्लो समय सहकारीका विषयमा जे जस्तो सन्देश बजारमा फैलिएको छ त्यसमा सजग रहनु पर्ने तर ढुक्कले वचत गर्नु पर्ने संस्था नव काभ्रेली नै भएको बताउनु भयो । मेरा आदरणिय गुरुहरुले निगरानीमा राख्नु भएको संस्थाको आज प्रतिवेदन हेर्दा अत्यन्तै चित्त बुझ्दो लागेकोले तपाईको पैसाको ग्यारेन्टी यो संस्थामा हुन्छ, उहाँले भन्नु भयो ।
कार्यक्रमका क्रममा असल कारोवार गर्ने सदस्यहरुलाई सम्मान तथा पुरस्कार पनि प्रदान गरिएको थियो । उत्कृष्ठ वचतकर्ता विष्णुप्रसाद फूयाल र उत्कृष्ठ ऋणी(सफल व्यवसायी) निर्मला कोईरालालाई पुरस्कृत भए भने जेष्ठ नागरिक रुद्रप्रसाद चौलागाईं र मेनुका तण्डुकारलाई सम्मान गरिएको थियो । कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो समेत वितरण गरिएको थियो । गणेशबहादुर अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शेयर सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो । संस्थाले आगामी भाद्र ८ गते विहान ११ बजेपछि प्रज्ञा प्रतिष्ठान कमलादीको हलमा तीज कार्यक्रम गर्ने बताएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright 2024 © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.