July 1, 2024

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

अहिलेसम्मकै ठूलो धन राशि पुरस्कार भएको
राष्ट्रिय लोक दोहोरी महोत्सव टुँडिखेलमा जारी

1 min read

-नवराज हुमागाईं

काठमाडौं/लोक दोहोरी महोत्सवमा आजसम्मकै सबैभन्दा बढी पुरस्कार राशि राखिएको राष्ट्रिय लोकदोहोरी महोत्सव–२०७८ गत हिजो शनिबार टुँडिखेलमा जारी छ । विभिन्न स्थानबाट पञ्चेबाजा, झाँकी, खैजडी भजन मण्डल, धिमे, व्याण्डबाजा लगायतका विभिन्न समूह माइतीघरमा जम्मा भई थापाथली, त्रिपुरेश्वरहुंदै ¥याली टुँडिखेल पुगेको थियो ।

देशका विभिन्न जिल्लाहरुमा बसोवास गर्ने जातजाती तथा विभिन्न जिल्लाका स्थानीय कला, संस्कृति र पहिचान झल्किने झाँकीहरुसहितको ¥यालीपश्चात उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । डिएआर मूभिज एण्ड फिल्मस् इन्डष्ट्रिज प्रा.लि.ले आयोजना गरेको उक्त कार्यक्रम न्यूनतम दश लाख दर्शकले प्रत्यक्ष अवलोकन गर्ने र देशका हरेक जिल्लाहरुबाट प्रतिस्पर्धीहरु सहभागी हुने अपेक्षा समेत गरिएको ।


लोकगीत संगीत हाम्रो धन, मौलिक कला संस्कृतिहरुको प्रवद्र्धन मूलमन्त्र सहित आयोजना हुन लागिरहेको यस महोत्सवमा प्रथम हुनेले नगद पुरस्कार ५ लाख, दोश्रो हुनेले नगद ३ लाख तेस्रो हुनेले नगद २ लाख, सान्त्वना पुरस्कार नगद १ लाख संगै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । उत्कृस्ट गायक तथा गायिकाले नगद २५ हजार र नव प्रतिभाले नगद २० हजार प्राप्त गर्नेछन् । यस महोत्सवलाई प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेला समेत भनिएको छ ।

यस कार्यक्रमका मूख्य आकर्षणहरुमा खुल्ला प्रतियोगिता मध्यकै पहिलो ठूलो धनराशी पुरस्कार, विभिन्न विधाका चर्चित कलाकारहरुको दैनिक प्रस्तुति, विशिष्ट स्रष्टा सर्जक सम्मान, विभिन्न जात जातिहरुको संस्कृति झल्कने झाँकी प्रदर्शन, निशुल्क स्वास्थ्य परिक्षण, निशुल्क बीमा, विभिन्न खानाका परिकारहरुको स्टल तथा दर्शकले निशुल्क हेर्न पाउने व्यवस्था गरिएको छ । प्रतियोगितामा ८० समूहको सहभागिता रहने छ । टुबोर्गको प्रस्तुती रहेको महोत्सवमा मूख्य प्रायोजनमा बागेश्वरी खड्का हाउजिङ डेभलपर्स रहेको छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright 2024 © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.