July 1, 2024

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

नवजीवन परोपकार समाजले अपाङ्ग मैत्री जेष्ठ नागरिक भवन बनाउँदै

1 min read

–नवराज हुमागाईं
काठमाडौं/गत शनिवार नवजीवन परोपकार समाजले वार्षिक उत्सब सम्पन्न गरेको छ । जेष्ठ नागरिक आमा बुबा लगायत अन्य सडक मानवको उद्दार उपचार पुर्नंस्थापना गर्दै आईरहेको उक्त संस्थामा राख्ने ठाउँ अभाव भएको हुँदा नवजीनको चौथो वार्षिक उत्सब परेको दिन पारेर संस्थाले करिब १ सय जना बस्न मिल्ने अपाङ्ग मैत्री जेष्ठ नागरिक भवन निर्माण गर्न लागेको हो ।
राष्ट्रिय महिला आयोगको सदस्य कृष्णकुमारी पौडेलको प्रमूख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नर्भिक हस्पिटलका निर्देशक मेघा चौधरीको विशेष आतिथी रहनु भएको थियो । यसैगरी अन्य अतिथिहरुमा टेलिभिजनकर्मी प्रकाश सुवेदी, अभिनेता निखिल उप्रेती, नेपाल टेलिभिजनका कार्यक्रम निर्देशक दिपक समिर, अभिनेत्री आँचल शर्मा, डा. उदिप श्रेष्ठ, सूर्य किरण महिला समिति, धनेश्वर मेगा समिती, मदनकृष्ण शर्मा लगायतका रहनु भएको थियो । कार्यक्रममा संस्थाका आजीवन सदस्यहरु मेघा चौधरी, मदनकृष्ण शर्मा, शम्भु बडाल, निखिल उप्रेती, सुशिल पाण्डे, कञ्चन गुरु, लामा गुरु लगायतलाई प्रमाणपत्र प्रदान गरिएको थियो । संस्थाका विभिन्न कार्यक्रममा उल्लेख्य सहयोग तथा कोरोनाको समयमा खटिएर काम गरेको भन्दै काभ्रे प्रवाह साप्ताहिकका संवाददाता नवराज हुमागाईंलाई सम्मान गरिएको थियो । कार्यक्रममा शान्ति तिवारीले स्वागत मन्तव्य राख्नु भएको थियो ।
अपाङ्ग मैत्री जेष्ठ नागरिक भवनको पहिलो तल्लामा योग ध्यान हुनेछ भने दोस्रो तल्ला अपाङ्ग मैत्री हुनेछ । भवन साढे तीन तल्लाको भन्नेछ । भवन शिलान्यास कार्यक्रममा बोल्दै सभापति दुर्गानाथ दाहालले अपाङ्गमैत्री भवनले अपाङ्ग जीवन विताईरहेका धेरैलाई राहत पुग्ने विश्वास व्यक्त गर्नु भयो । संस्थालाई माया गरेर आज यहाँसम्म पु¥याउनु हुने सबैलाई धन्यबाद दिदैं अध्यक्ष दाहालले कार्यक्रमको प्रायोजक आईएमइ प्रति पनि आभार प्रकट गर्नुभयो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright 2024 © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.