July 6, 2024

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

रेणुका चौलागाईंको ‘जीवन जस्तो जीवन’

1 min read

–शरण हुमागाईं
जीवन र जगत अनि विद्यमान समय सापेक्ष तयार भएको मुक्तककार रेणुक चौलागाईंको मुक्तक संग्रह ‘जीवनजस्तो जीवन’ सार्वजनिक भएको छ । गत शनिबार राष्ट्रिय महिला आयोगको हलमा प्रमुख अतिथि प्रा. डा. कृष्णहरि बराल लगायतका अतिथिहरूद्वारा जीवनजस्तो जीवन’ मुक्तक कृति विमोचन गरिएको हो । प्रा. डा. बरालले जीवनजस्तो जीवन मुक्तक कृतिले नेपाली नारी मनका यावत विषयलाई सशक्त ढंगले उठाएको मात्र नभई सिंङ्गोे धरातलको प्रतिनीधित्व गरेको उल्लेख गर्दै मुक्तकका प्रत्येक हरफको प्रसंसा पनि गर्नु भयो । जीवन दुई किसिमको हुन्छ भन्दै डा. बरालले एउटा सामान्य जीवन र अर्को सम्पन्न जीवनबीचमा द्वन्द रहेपनि जीवन जसरी व्यतित भएपनि जीवन जस्तो चाँहि बन्नु पर्ने धारण राख्नु भयो । कृतिका भूमिकाकार बरिष्ठ मुक्तककार रुद्र ज्ञवालीले कृतिकारको मुक्तकप्रति कोकिल कण्ठले प्रसंसा गर्दै यो क्षेत्रमा नै क्रिकेटमा झै छक्का प्रहार गरेको बताउनु भयो । समालोचक ज्ञानु अधिकारीले जीवनजस्तो जीवनमा नारी मनका कुण्ठा मात्र हैन, हुँकार समेत रहेको दाबी गर्नु भयो । साहित्य समालोचक चुडाप्रसाद चौलागाईले मुक्तकको शिर्षकको चर्चा गर्दै जीवन–जीवन जस्तो बन्नु पर्छ नत्र जीवन भन्न कहाँ पाईन्छ र भन्दै आफूले पढाएका विद्यार्थीमा यत्तिको क्षमता रहेको देख्दा आफ्नो सम्पत्ति बढे जस्तो महसुुस गरेको बताउनु भयो । विद्यालय जीवनमा पढने समय नभएरै पनि आज यो स्थानमा आउनु र घर परिवारको सहयोग पाउनु सौभाग्य भएको बताउदै समालोचक चौलागाईंले मुक्तककारको आगामी साहित्यिक यात्रा सवल र सफल रहोस भन्ने शुभकामना व्यक्त गर्नु भयो । नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष तथा समारेहका सभापति रामकाजी कोनेले अहिले नेपाली साहित्यमा मुक्तकको बहार आएको बताउँदै कृतिकारकारलाई शुभकामना दिनुहुदै मुक्तकको ईतिहासलाई पनि स्मरण गराउनु भयो । प्रतिष्ठानका महासचिव रमेश पौडेलले समकालीन नेपाली साहित्यमा नारी हस्ताक्षरको विश्वव्यापी रूपमै दर्विलो उपस्थिति रहेको जिकिर गर्नु भयो । कार्यक्रममा प्रतिष्ठानका सदस्य साहित्यकार राधेश्याम, प्रष्ठिानका सदस्य तथा मुक्तककार यादव भट्टराईं, मुक्तककार मीना चौलागाईं लगायतले मुक्तक संग्रहका बारेमा धारण राख्नु भएको थियो

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright 2024 © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.