October 6, 2022

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

सुस्मीको आवाजमा मेरो बाबा आमा

1 min read

जन्म दिने बुबा आमामा समर्पित अत्यन्तै मन छुने गीत मेरो बाबा आमाको फिमेल भर्सन बजारमा आएको छ । गीत कृष्ण माया स्याङ्तान (सुश्मी) ले गायकी हुन् । केही महिना अघि मेल भर्सनमा बुद्ध मोक्तानले उक्त गीत आफ्नो आवाजमा बजारमा ल्याएका थिए । बुद्ध मोक्तानको शब्द, विष्णु तामाङको लयमा तयार भएको उक्त गीत शंकरा डिजिटल रेकर्डिङ रेकर्ड भएको हो । विष्णु तामाङको एरेन्ज रहेको उक्त गीत कुमार सानु पुनले मिक्सिङ मास्टरिङ गरेका हुन् । शरण हुमागाईको छांयाकन तथा सम्पादन रहेको उक्त गीत बुद्ध मोक्तान अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।
आफ्नो जन्म दिने बाबा आमाको सम्झनामात्र होइन सम्मानका शव्दहरु उनिएको यो गीतमा बाबा आमाको वाल्सल्य पोखिएको छ । बाबा आमाको माया, ममता र स्नेह यो गीतले छर्लङ मात्र पारेको छैन, बाबा आमा प्रति सन्तानले गर्नु पर्ने कर्तव्य पनि देखाएको छ ।

Leave a Reply

Your email address will not be published.

Copyright © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.