May 24, 2022

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

सुन्दा सुन्दै भक्कानिने गीत मेरो बाबा आमा सार्वजनिक

1 min read

पछिल्लो समयका चर्चाका गायक बुद्ध मोक्तानको ‘मेरो बाबा आमा’ बोलको गीत बजारमा आएको छ । उनले आफ्नै युटुब च्यानल बुद्ध मोक्तान अफिसियल मार्फत उक्त गीत बजारमा ल्याएको हो । गायक मोक्तान मकवानपुर जिल्लाको हेटौडा उपमहानगर पालिका –१७, हटियामा बुवा पूर्णबहादुर मोक्तान र आमा विष्णुकुमारी मोक्तानको कोखबाट एउटा मध्यम परिवारमा २०५३ सालमा जन्मिएका हुन । मोक्तान बिगत ५ वर्षदेखि यो क्षेत्रमा संघर्षरत छन । ‘छोडी गइछ्यौ मलाई’ गीतबाट साङ्गीतिक यात्रामा पाइला चालेका उनले सो गीतबाट २०७६ सालको ओएस नेपाल म्यूजिक अवार्ड तेश्रो संस्करणबाट सर्वोकृष्ट नव गायकको अवार्ड पाएका थिए । गायक मोक्तानले आफ्नो गीत बारे भने हरेक छोरा छोरिले आमा बुवालाई सम्झन र कदर गर्न सकोस भन्ने उदेश्यले गीत तयार पारेको र यस गीतलाई पनि दर्शक र स्रोताले मन पराउनेमा विस्वस्त छन्। गायक मोक्तान पेशागत हिसाबले राष्ट्र सेवक पनि हुन् । ड्युटीकै समयमा पनि उनि गित गुनगुनाउँदै ड्युटी गर्ने गरेको बताउनुहुन्छ। राष्ट्रप्रतीको माया र उहाँको यो सांगीतिक क्षेत्रमा रहेको यो कलालाई हामी सम्मान गर्न चाहन्छु। गीतमा उनै गायक मोक्तानको शब्द र स्वर रहेको छ । संगीतकार एंव एरेन्जर बिष्णु तामाङले संगीत र संगीत संयोजन गरेको उक्त गीतलाई शङ्कर डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो भने कुमार सानु पुनले मिक्सिङ गरेका हुन । भिडियोलाई शरण हुमागाइले निर्देशन गरेका हुन् भने प्रवेश राइले छायांकन, सम्पादन र कलर गरेका हुन्।

Leave a Reply

Your email address will not be published.

Copyright © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.