साङ्गितिक बजारमा विरानो सहर
1 min read
अचेल साङ्गितिक बजारमा तडक भडक र रोमान्टिक गीतहरुले मात्र स्थान पाईरहेको बेला अति नै मार्मिक आधुनिक गीत विरानो सहर सार्वजनिक भएको छ । दैनिक मजदुरी गर्दा पनि अभाव उस्तै रहेको आम सर्वहारा नेपालीको कथा बोकेको विरानो सहरलाई अनिल ढकालले लेखेका हुन् । विष्णुकुमारी मोक्तान, बुद्ध मोक्तान, शरण हुमागाईं, विकास मगराती, उर्मिला मोक्तान लगायतका कलाकारले गीतमा भनिए जस्तै बास्तविकता झल्काउने प्रयास अभिनय मार्फत गरेका छन् । विकास मगरातीको सुमधुर आवाजमा तयार भएको यो गीतको संगीत विष्णु तामाङले गरेका हुन् । ललितपुरका विभिन्न रमणीय स्थानमा दृश्यांकन गरिएको यो गीतलाई प्रबेश राईले खिचेका हुन । मदन न्यौपानेको श्रृंगार, प्रबेश राईको सम्पादन रहेको विरानो सहरलाई शरण हुमागाईंले निर्देशन गरेका हुन् ।
भिडियो हेर्न तलको लिङकमा थिच्नुहोस