May 24, 2022

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

सरोज र सीमाको ‘जिन्दगी के छ र’

1 min read

काठमाडौं/लोक तथा दोहोरी गायक सरोज लामिछाने तथा गायिका सीमा भण्डारीको नयाँ सृजना ‘जिन्दगी के छ र’ सार्वजनिक भएको छ । सरोज लामिछानेको सृजना विशेष गरी काँठ क्षेत्रमा निकै नै श्रोता दर्शकले रुचाउदै आएका छन् । निकै उत्कृष्ट स्वरमा सजिएको गीतको भिडियो पनि त्यतिनै स्तरिय बनाउने प्रयास गरेका छन् । गितको लय तथा शब्द सिर्जना सरोज कै रहेको छ । भिडियोमा दर्शकले दिनेश थापा र सम्प्रिया खड्काको लोभलाग्दो अभिनय देख्न पाईन्छ भने टिक्टकमा निकै रुचाइएकी समाइरा थापा अनि स्थापित कलाकारहरु लक्ष्मी गिरी र मधुसुधन पाठक (सितेबा) को अभिनयले भिडियोलाई अझै उत्कृष्ट बनाएको छ । विष्णु शर्माले सम्पादन गरेको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । गीत सरोज लामिछाने युट्यूब च्यानलमा हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published.

Copyright © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.