सरकारले विकास गर्दा प्रेसर बढ्नेहरु छन्ः बाँस्कोटा
1 min read
काठमाडौं/नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सरकारले विकास गरेको केही व्यक्ति र दलले देखी नसहेको बताउनु भएकोछ । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद बाँस्कोटाले विकासका लागि राजनीति नगर्ने हो भने के को लागि सांसद बनेको भन्दै प्रश्न पनि गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘सरकारले तीव्र विकास गरिरहेको छ, केहीलाई देखी नसक्नु भएको छ, विकास निर्माण देख्न र सुन्न नसक्नेले कानमा कपास र देख्न नसक्नेले साउने चस्मा लगाए हुन्छ ।’ बाँस्कोटाले विकास निर्माणका काम बढ्दै जाँदा केहीको प्रेसर बढेको पनि आरोप लगाउनुभयो । सरकारले चुनावमा जाँदा प्रतिगमनको हल्ला चलाइएको भन्दै बाँस्कोटाले आपत्ति जनाउनुभएको छ ।
यसअघि प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसदहरूले देशका विभिन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसदहरूले आफ्नो क्षेत्रका तथा राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।