समाजसेवामा रिमा सापकोटा
1 min read
काठमाडौं/गोल्फुटार अवस्थित रिमा सेवा समाजमा पैंतालिस भन्दा बढि असहाय बुबा आमा तथा बालवालिका हुनुहुन्छ । व्यक्तिगत सहयोगले चलिरहेको उक्त संस्थाकी अध्यक्ष रिमा सापकोटा हुनुहुन्छ ।

कोरोना कहरको समयमा स्थापना भयको यस संस्था २०७७ सालमा स्थापना भयको हो । छोटो समयमा नै धेरैलाई सेवा दिन सफल यस संस्था सहयोगी मनहरूले एक छाक खाना खुवाएर र विभिन्न अवसरहरु जस्तै जन्मदिन, पास्नी आदि परेको बेला व्यक्तिगत सहयोग प्राप्त हुने रिमा सापकोटाले बताउनुभयो ।
यस संस्थामा सधै रिमा सापकोटा स्वयंम सेवामा तल्लिन रहनुहुन्छ । कपाल काट्ने, असक्तलाई तेल लगाउने, अस्पताल लाने ल्याउनेदेखि लास व्यवस्थापन समेत रिमा आफैं गर्नुहुन्छ ।
