सञ्चारकर्मी शरण हुमागाईंको भिरैको खनायो सार्वजनिक
1 min read
पछिल्लो समय हाँस्ने खेल्ने निरकमल गीतबाट चर्चा बटुलेका गायक तथा सञ्चारकर्मी शरण हुमागाईंको भिरैको खनायो सार्वजनिक भएको छ । यो गीतको शव्द गायक स्वयमले नै लेखेका हुन् । निर्देशक मिलन श्रेष्ठको निर्देशन, कोरियोग्राफी प्रकाश/रबि, छायांकन मुकेश हुमागाई बाट भएको गीतमा प्रकाश तमाङ, सुसिता तमाङ, भरत राज जोशी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । शरण हुमागाईं र सावित्री श्रेष्ठको आवाजमा सजिएको उक्त गीतको लय तथा संगित संयोजन विष्णु तमाङले गरेका हुन् । यो गीतको निर्माण भने मिलन फिल्मस् प्रोडक्सन प्रा. लि. ले गरेको छ।