May 24, 2022

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

विभिन्न सवारी दुर्घटनामा मृत्यु तथा घाईते

1 min read

धादिङको थाक्रे गाउँपालिका–८ स्थित सडकमा नवलपरासी कावासोती नगरपालिकाको लु.१ झ ३८२ नम्बरको स्कारपियोको ठक्करबाट पैदलयात्री कालिकोट नरहरी नगरपालिका–८ बस्ने ४१ वर्षीय दिपेश पुनको बुधाबर साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मकवानपुर, बकैया गाउँपालिका–५ तिनतलेस्थित सडकमा ना.६ त ४५३५ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–७ भिरकोट बस्ने १३ वर्षीय दिलसन माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि हेटौंडा अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ । धनुषा, शहिदनगर नगरपालिका–३ झण्डा चोकस्थित सडकमा प्रदेश नम्बर २–०२–००३ प ६१७२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–६ हट्टिपुर बस्ने २२ वर्षीय श्रवण पासवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जनकपुरतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो । उता झापा, कनकाई नगरपालिका–४ स्थित सडकमा को.१ क १६८४ नम्बरको ट्रक, प्र.१–०१–००१ च ०१६७ नम्बरको कार र प्र.१–०१–०१३ प १७८३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा कार चालक सुनसरी धरान उपमहानगरपालिका–१६ बस्ने २८ वर्षीय दिपक क्षेत्री र कारमा सवार सोलुखुम्बु, खुम्बुपासाङ गाउँपालिका–१ बस्ने ३० वर्षीय दिलिप रानामगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको बिर्तामोडस्थित बीएण्डसी अस्पतालामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कार र मोटरसाइकलमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ, सुन्दरहरैँचा नगरपालिका–३ स्थित सडकमा प्र १–०२–०४२ प ६३९२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय अजित चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकोका उनको स्थानीय मेडिकल हुँदै नोबेल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी भोजपुर, रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ आमबोटे सडकमा को.२ त ३६६९ नम्बरको ट्याक्टर सडकबाट करिब ४० मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा ट्याक्टरका सहचालक सोही ठाउँ बस्ने १८ वर्षीय प्रदिप तामाङको मृत्यु भएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका उनको स्थानीय स्वाथ्य चौकी मानेभन्ज्याङमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धनुषा, धनुषाधाम नगरपालिका–५ परवतास्थित सडकमा ज.१० प ९०६५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक क्षिरेश्वरनाथ नगरपालिका–१० बस्ने २५ वर्षीय सुदिप दासको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर जनकपुरमा बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार जनकपुर उपमहानगरपालिका–१७ बस्ने ३० वर्षीय भोगेन्द्र दासको राम जानकी अस्पताल जनकपुरमा उपचार भइरहेको छ । सर्लाही, हरिपुर्वा नगरपालिका–३ धनकौलस्थित सडकमा प्र.२–०२–००१ त ९६९ नम्बरको ट्याक्टरले ज.८ प ९२१३ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिई ट्याक्टरको टेलर समेत पल्टिएर दुर्घटना हुँदा ट्याक्टरमा सवार पर्सा गाउँपालिका–४ बस्ने ३५ वर्षीय रबि राय घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सर्लाही हरिपुर्वा बस्ने २४ वर्षीय मनोज महतो र मोटरसाइकलमा सवार ब्रह्म नारायण राय यादवलाई उपचारका लागि जनकपुरतर्फ पठाइएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । बाजुरा, बुढिगंगा नगरपालिका–७ बाह्रबिसस्थित सडकमा से.२ त १२३० नम्बरको ट्याक्टरबाट खसेर सोही ठाउँ बस्ने खेमराज गिरीको ९ वर्षीय छोराको बिहीबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित सारदा माबिबाट घर फर्कने क्रममा ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको बयलपाटा अस्पताल अछाममा उपचारको क्रममा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published.

Copyright © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.