May 24, 2022

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

माछा मार्दा सुनकोशीमा डुबेका युवकको शव फेला

1 min read

काभ्रेको चौरी देउराली गाउँपालिका–८ बिर्ता देउरालीस्थित सुनकोशी नदीमा माछा मार्न जाँदा बेपत्ता युवाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार २१ वर्षीय सुजित तामाङको शव नदीबाट निकालेको हो । तेमाल गाउँपालिका–२ घर भएका सुजित तामाङ्ग र २२ वर्षीय दिलध्वज तामाङ सँगै माछा मार्न गएका थिए । जेठ १७ बाट बेपत्ता भएका दिलध्वजको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नम्बर–१५ गण काभ्रे र सशस्त्र प्रहरी विपद् उद्वार उपत्यका गणबाट गएको गोताखोरले सुजितको शव घटनास्थल नजिकै करीव २२ फिट गहिराइबाट निकालेको हो ।

Leave a Reply

Your email address will not be published.

Copyright © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.