October 6, 2022

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

बुद्धको ‘तिम्रो मुटुमा’ डिजिटल बजारमा

1 min read

गायक बुद्ध मोक्तानको पप गित ‘तिम्रो मुटुमा’ डिजिटल बजारमा आएको छ । बुद्ध मोक्तानको एकल आवाज रहेको गीतको संगीत विष्णु तामाङले भरेका हुन भने शव्द गायक मोक्तान आफैले लेखेका हुन् । बैशालु मन, विक्षिप्त माया अनि मायाको संसारमा हराउदैं गरेको एक पात्र पर्दामा देखिन्छ । माया प्रीति, रमाईलो घुमघाम र भविष्यका सपना सजाउँदै एक जोडिले आफ्नो जीवन विताउने अठोट लिएका हुन्छन् । तर यो दृश्य बास्तविकतामा नभई सपना भै दिन्छ । कल्पनामा आएको व्यक्ति सपनामा आउँछ या आउँदैन अनि बास्तविकतामा त्यो कथाले सार्थकता पाउँछ कि पाउँदैन यो त भन्न सकिन्न । तर हामी यत्ति मात्र भन्न सक्छौ कि गायक मोक्तानले अभिनयमा पनि निरन्तरता दिए अभिनय कलाले सार्थकता भने अवस्य पाउँछ । यहि गीतका मुख्य पात्र हुन स्वयम गायक बुद्ध मोक्तान र विपना भुजेल । कथामा जमेका यी जोडिलाई निर्देशक शरण हुमागाईंले कलात्मक ढंगबाट प्रस्तुत गराएका छन् । पछिल्लो समयका व्यस्त छांयाकार प्रवेश राईको छांयाकन तथा सम्पादनमा तयार भएको यो गीतलाई ललितपुरको रमणीयस्थल विशंखुनारायणस्थित विशंखु रिफ्रेस पार्क एण्ड रिसोर्टमा खिचिएको हो । गीत बुद्ध मोक्तान अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेरौं भिडियो पनि

Leave a Reply

Your email address will not be published.

Copyright © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.