बालबालिका माध्यमिक विद्यालयको
३३ औं बार्षिक उत्सव भव्य रुपमा सम्पन्न
1 min read
–नवराज हुमागाईं
भक्तपुर/गत शुक्रबार शंकधर पार्टी प्यालेसमा बालबालिका माध्यमिक विद्यालयको बार्षिक उत्सव र अन्य सांस्कृतिक कार्यक्रम गरि सम्पन्न भएको छ । ठिमी नगरपालिकाका मेयर बाशुदेब थापाको प्रमुख आतिथ्यमा कार्यक्रम उद्घाटन भएको थियो । विद्यालयका प्रधानाध्यापक ईश्वर पाठकको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथि जुना बस्नेत (उप मेयर सू.न.पा), लक्ष्मी थापा (पूर्व प्रधानाध्यापक तथा व्यवस्थापन समिति अध्यक्ष ), सागर लम्साल बले (मोडल तथा कलाकार) र प्रोफेसर पुष्पलाल पोखरेल रहनु भएको थियो । अन्य अतिथिहरु विजेश थापा, यम प्रसाद तिवारी (वन तथा वातापरण मन्त्रालयका पूर्व प्राविधिक सल्लाहकार), पेसल महत (ABCD तथा Universal Institute का प्रबन्धक), रियान खड्का, सुरेश नापित तथा बिनिता थापा लगायत अन्य शिक्षक शिक्षिकाको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विद्यार्थी लगायत अभिभावक, पूर्व शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

विद्यार्थीहरुले साँस्कृतिक नाँच, गान, नाटक लगायत विभिन्न प्रस्तुति दिएर मनोरन्जन गरि कार्यक्रमलाई भव्य र सव्य बनाएका थिए । कार्यक्रमलाई संबोधन गर्दै प्रधानाध्यापक ईश्वर पाठकले नयाँ भर्नालाई विशेष छुट र प्राथमिकता रहेको बताउनु भयो ।
