नवराजको अभिनयमा माया मारिछ्यौ सार्वजनिक
1 min read
काठमाडौं/लोक तथा दोहोरी गीतहरुको भीडमा नयाँ लोक दोहोरी गीत माया मारिछ्यौले अहिले बजारमा चर्चा पाईरहेको छ । एक अर्काबाट टाढा भएको वियोगान्त कथा समेटिएको उक्त गीतमा प्रेमिल जोडिको विछोड देखाईएको छ । गीतमा एकले अर्कालाई आरोप लगाउँदै विछोडिनु परेको कथा पर्दामा उर्तान नमराज हुमागाईं, रविना परियार, लुलु नेपाल र कल्पना तिमल्सिनाले निकै नै मेहनत र उत्कृष्ट अभिनय गरेका छन् । यो गीतमा शरण हुमागाईं र रविना परियारको आवाज रहेको छ भने शरण हुमागाईंकै शव्द अनि विष्णु तामाङको लय÷एरेन्ज रहेको छ । शरण हुमागाईं अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको यो गीत एक्सन स्टुडियो नेपालमा रेकर्ड भएको हो । शरण हुमागाईंकै निर्देशनमा पर्यटकिय नगरी नगरकोटका विभिन्न स्थानमा दृश्यांकन गरिएको यो गीतको म्यूजिक भिडियोलाई सिमलि मिडियाले सम्पादन गरेको हो ।
हेर्नुहोस पूरा भिडियो