“तिमीलाई पाएँ“ गीत सार्बजनिक हेर्नुस– भिडियो सहित
1 min read
काठमाडौ/ गायक तथा संगीतकार अज अजुको शब्द संगीत र आवाजमा रहेको गीत “तिमीलाई पाए“ को म्यूजिक भिडियो सार्बजनिक भएको छ । रन्जना कार्की र अज अजुको युगल आवाजमा रहेको उक्त गीतको भिडियोमा कृष्ण केशी र यमुना आचार्यको मुख्य भूमिका रहेको छ । भिडियोको कथा वस्तु हामीले देखेका अन्य भन्दा निकै फरक रहेको छ । पछिल्लो समयका निकै व्यस्त निर्देशक प्रवेश राइको निर्देशनमा बनेको भिडियोको छायांकन, सम्पादन निर्देशक राईले नै गरेका हुन् । राजु कार्कीको संगीत समायोजन र सुरेश राइले यो गीतको रेकर्ड गर्नु भएको हो ।