डिजिटल बजारमा तिमी मेरो सार्वजनिक
1 min readकाठमाडौं/पछिल्लो समय लोक तथा दोेहोरी गीत संगितको क्षेत्रमा निकै नै मन छुने सृजनाहरु आउन थालेका छन् । यसैक्रममा यसै सातामात्र बजारमा आएको लोक तथा दोहोरी गीत हो ‘तिमी मेरो’ । सागर तामाङको उक्त गीतमा राम स्याङतान, पार्वती कार्की, सविता तामाङ र सागर तामाङको स्वर रहेको छ । गीत रामशरण आले मगरले लेखेका हुन भने सन्तोष घतानीले लयबद्ध गरेका हुन । यो गीतको संगीत संयोजन पूर्ण संयोगको रहेको छ । उक्त गीतको म्यूजिक भिडियोलाई प्रकाश तामाङ (राज), प्रियंका नेपाली, सितल राना र रविन स्याङतानको ससक्त अभिनयले अझै सुन्दर बनाएको छ । रवि नेपालीको निर्देशनमा बनेको उक्त गीतलाई विपिन क्षेत्रीले खिचेका हुन भने रोशन धितालले सम्पादन गरेका हुन् । राज तामाङ(प्रकाशको नृत्य निर्देशनमा तयार भएको ‘तिमी मेरो’ गीत राम स्याङतानको अफिसियल च्यानबाट हेर्न सकिन्छ ।