May 24, 2022

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

“जुन” मार्फत कृष्ण केसी लेखन र अभिनयमा उदाउँदै

1 min read

चर्चा पाउने सपाना हरकोहीले देख्छन तर सपना देखेर मात्र साकार हुदैंन । कर्मप्रतिको लगाव र मेहनत पनि चाहिन्छ । सफलता त्यसले मात्र पाउँछ जसले सफल बन्ने सपना देखेको हुन्छ । अनि साकार पर्न प्रयत्न गरि रहन्छ । एउटा दृढ अठोटका साथ सपना बोकेर हिडेका कलाकार हुन कृष्ण केसी । रोल्पा जिल्लको लुन्ग्रीमा २०५९ मा जन्मिएका कृष्ण के.सी अहिले लेखन र अभिनय मार्फत दर्शकमाझ देखापरेका छन् । “जुन“ मार्फत कृष्ण केसी लेखन र अभिनयमा डेब्यु गरेका थिए । बाबु बलबहादुर केसी र गौमला केसीको कान्छा छोरा कृष्णको नयाँ प्याकेज “जुन“ अब केही समयबाट छायांकन सुरु हुने भएको छ, जुनको कथा भने अहिलेको युवा पुस्तालाई समेटेर लेखन गरिएको छ । उनी अभिनयमा पनि पोख्त छन् । दर्जनौ टेली फिल्ममा काम गरिसकेका केसीले धेरै गीतहरुमा पनि निर्देशन गरेका छन् । सफल कलाकार बन्ने सपना बोकेर सपनाको सहर काठमाडौँ आएका कृष्ण केसीको सपना साकार होस, हाम्रो पनि शुभकामना हुन् ।

Leave a Reply

Your email address will not be published.

Copyright © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.