October 6, 2022

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

चौरी देउरालीमा कोरोनाको सफल उपचार

1 min read

काभ्रेको चौरी देउरालीमा कोरोना संक्रमणका गम्भिर विरामीको उपचार सफल भएको छ । निमोनिया तथा कोरोना पोजेटिभ भई गत बैशाख २४ गते धुसेनी शिवालय प्राथमिक अस्पतालमा भर्ना भएका चौरी देउराली–७ का दुप्चन लामा उपचार पश्चात कोरोना मुक्त भएका हुन् । निकै नै जटिल अवस्थामा भर्ना भएका लामाको स्थानीय स्तरमा उपचार सम्भव नदेखिने भएपछि अन्य आईसियूसहितको अस्पतालमा लैजान भनिएको थियो । तर आईसियु कतै नमिलेपछि धुसेनी शिवालय प्राथमिक अस्पतालमा कार्यरत मेडिकल अधिकृत संजय त्रिपाठी र मेडिकल अधिकृत डा. आश्विन केसी लगायतका स्वास्थ्यकर्मीको टोलीले उपचार सुरु गरेका थिए । गाउँपालिका तथा अन्य सरोकार निकायको पहलमा उपलव्ध अक्सिजन र आवश्यक औषधी मगाई उपचार सुरु गरि हाल उनी कोरोना मुक्त भएका छन् । गाउँपालिका मै गम्भिर प्रकृतिका विरामीको उपचार गर्न सफल भएपछि डा. संजयले यस कार्यमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिए । उनले भने, गाउँपालिकाको आईसोलेसनमा भर्ना भएका पहिलो विरामी लामाको भर्ना हुदा ज्वरो आई स्वासप्रश्वासमा पनि समस्या भएको र अक्सिजनको लेवल ७० भएको अवस्था रहेको थियो । हामी सबैको मेहनतले उपचारमा संभव भयो । जटिल अवस्थामा पुगेको विरामीलाई बचाउन सफल भयौ, यसमा हामीलाई खुसी लागेको छ, डा. संजयले भने । सिमित स्रोत र साधनमा पनि पालिकाभित्रै उपचार पाउन थालेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published.

Copyright © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.