May 24, 2022

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

चौंरी देउरालीमा फुटबल प्रतियोगिता हुने

1 min read

चौंरी देउराली÷काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिकामा ‘अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता–२०७७ को मिति तय भएको छ । प्रतियोगिता आगामी फागुन २८ गतेदेखि चैत्र १ गतेसम्म हुने गाउँपालिका प्रवक्ता एवं वडा नं ३ का वडा अध्यक्ष विनोद घिसिङले जानकारी दिएका छन् । चालु आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम अनुसार खेलकुदको माध्यमबाट युवा जगतमा अनुशाुन एवं आचरणमा सुधार ल्याई शारीरिक, मानसिक एंव बौद्धिक विकास गर्ने उद्देश्यले हरेक वर्ष सञ्चालन गर्दै आएको प्रवक्ता घिसिङले बताए । प्रतियोगितामा प्रत्येक वडाहरुबाट सहभागी हुने घिसिङले जानकारी दिए । ‘गाउँपालिकामा रहेको ९ वटै वडाका टिम उत्सुकतापूर्वक सहभागी हुनेछन् । हामीले यो पटकको प्रतियोगितालाई थप व्यवस्थित गर्न लागेका छौ उनले भने, ‘गाउँपालिकाले खेलकुदलाई युवाहरुको अनुशासन, बौद्धिक
विकास, सुमधुर सम्बन्ध र सदभावको विकास गर्न विशेष जोड दिएका छौ । यस पटकको फुटबल प्रतियोगिता वडा नं. ३ को माझीफेदा खेलमैदानमा हुने उनले बताउँदै उद्घाटन खेल फागुन २८ गते हुने जानकारी दिए । प्रतियोगितामा प्रत्येक वडाबाट खेलाडी संख्ख्या अतिरिक्त र अफिसियल सहित १३ जनाको सहभागी हुने प्रमुख प्रशाुकीय अधिकृत महानदास लामाले जानकारी दिए । प्रमुख प्रशाुकीय अधिकृत लामाका अनुुसार यो पटक प्रतियोगितामा पहिलो हुनेले १ लाख रुपैयाँ पुरस्कार पाउने छ । त्यसैगरी प्रतियोगितामा दोस्रो हुनेले ५० हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार पुरस्कार पाउने लामाले जानकारी दिए । प्रतियोगिता एन्फाको प्रतिनिधिको विशेष उपस्थितिमा र जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published.

Copyright © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.