October 6, 2022

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

‘गैरी पिपल लर्के बर डाडैंमा’ गीतले चिनाएका पुष्कर

1 min read

काभ्रे जिल्लाको साविक बालुवापाटी–६ हाल मण्डन देउपुर न.पा.–१, चुरीथुम्कामा बुवा अर्जुन चौलागाईं र आमा गंगा चौलागाईंको कोखबाट एउटा मध्यम परिवारमा २०४९ सालमा जन्मिएका पुष्कर चौलागाईं पछिल्लो समयमा अव्बल गायकको परिचय बनाउन सफल भएका छन् । बाल्यकालको अधिकांश वर्षहरु गाउ“ बिताएका उनले श्री झल्कने देवी निमावि, भद्रकाली निमावि विद्यालय हुदैं फटकशिला उमावि मा अध्ययन अघि बढाउदै धेरै सपना सजाएर राजधानी झरेका पुष्कर चौलागाईंले गायनमा पनि समय खर्चिन थालेका थिए । विशेष गरी गायनमा तीब्र अभिरुचि भएका चौलागाईं बिगत ३ वर्ष देखि यो क्षेत्रमा संघर्ष गर्दैछन् । कलिलै उमेरदेखि नै लाईभ दोहोरीमा माहिर कहलिएका चौलागाईं पछिल्लो समय अझै निखारिएका छन् । मिलनसार र नम्र स्वभावका धनी अनि आवाजमा रस भरिएका उनी आफ्नो जीवनको यात्रामा कम उमेरमै सफलता हात पार्न सफल भएका छन् । ‘चञ्चल भयो मन’ गीतबाट साङ्गीतिक यात्रामा लम्किएका उनी लोक प्रेमी श्रोताहरुको प्रंशसाको पात्र बन्न पुगेका छन् । ‘गैरी पिपल लर्के बर डाडैं’मा गीतबाट निकै नै वाही वाही पाएर अन्य सफल गीतमा आवाज दिईसकेका पुष्करले हालसम्म करिब एक दर्जन भन्दा बढी गीतमा आवाज दिईसकेका छन् । गैरी पिपल लर्के बर डाडैंै उनको जीवनको ऐतिहासिक गीत पनि हो । साहेद त्यहि भएर होला अचेल गीत बनाइ दिन निकै नै अफर आउन थालेको उनी बताउ“छन् । उनी भन्छन् ‘ मेरो जीवनमा सङगीत नै मुख्य कुरा भएको छ । घरबाट ठुलो सपना लिएर काठमाडौं आएको थिए“ र अहिले मेरो सपना साकार भएको जस्तो लाग्छ, उनी भन्छन् ।’ नया“ साथीहरुलाई के सन्देश दिन चाहनु हुन्छ ? भनेर राखिएको जिज्ञासाको जवाफ दिदै उनी भन्छन्– ‘सङ्गीत क्षेत्रमा सफलता पाउन निकै मेनहत तथा संघर्ष गर्नुपर्ने रहेछ । यदि कोही पनि नया“ कलाकार अवसरको खोजि गर्दै हुनुहुन्छ भने निकै ठूलो अभ्यास र निरन्तरताको खा“चो छ । यस क्षेत्रमा प्रवेश गर्ने रहर गरेर मात्रै पुग्दैन, आर्थिक, कला र दृढ विश्वास पनि हुनु पर्ने उनको बुझाई छ । आफ्नो काममा उतिकै समय दिने गरेका पुष्करले गायका जाउ“ घुम्न नगरकोट, सनम, अच्छा लेकिन, गैरी पिपल, चञ्चल भयो मन, बनैमा जुरेली, आउ बस काखैमा लगायतका गीतहरु सफल भए । उनले गायनमामात्र नभई लय र शव्द पनि उत्तिकै राम्रो तयार पार्दछन् । ४ वटा गीतको शव्द तथा अन्य ३ वटा गीतमा लय पनि भरिसकेका छन् । उनको यो यात्रा सवल रहोस, हाम्रो पनि शुभकामना ।

Leave a Reply

Your email address will not be published.

Copyright © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.