October 6, 2022

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

गीतकार रमेश श्रेष्ठको चिशंखुगढी चिनाउने गित आउदै

1 min read

ओखलढुंगा जिल्लाको चिशंखुगढी गाउँपालिकालाई चिनाउने गरि तयार गरिएको गितको छायांकनको कार्य सकिएको छ । प्रबासमा बसेर पनि गाउँको माया गर्दै आफ्नो गाउँलाई संसारभर चिनाउने लक्ष्यका साथ तयार गरिएको चिशंखुगढी गाउँपालिकाको चिनारी गितको सम्पूर्ण काम सकिएको हो । आफ्नो पालिकाको चिनारी गितमा पालिकाका सबै स्थानको मौलिकतासँगै धर्म, संस्कृती, परम्परा र भूगोललाई समेट्ने गरि गितको छायांकन गरिएको छ । गीतको छायांकन र सम्पादन प्रबेश राईको रहेको छ । गीतको शब्द तथा लय भने चिशंखुगढी गाउँपालिका वडा नं. ७ गैरीका रमेश श्रेष्ठको रहेको छ । श्रेष्ठ लामो समयदेखी बैदेशीक रोजगारका क्रममा प्रबासमा रहेका छन् । गीतमा स्वर भने जिल्लाकै चर्चित कलाकारहरुको रहेको छ । भिडियो भने केहि दिनमै सार्बजनिक हुने भएको छ, गीतको निर्देशन राम्जी तामाङ्गले गर्नु भएको छ । आसा छ भिडियो निकै राम्रो बन्ने र पालिकालाई चिनाउनेमा ठुलो योगदान गर्ने छ । यो कार्यमा जति जनाले योगदान गर्नु भएको छ सबैलाई धेरै धेरै शुभकामना ।

Leave a Reply

Your email address will not be published.

Copyright © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.