अशिमकुमार आए ‘लेकमा भेडी’ लिएर
1 min read
काठमाडौं/सांगितिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक दोहोरी गायक अशिमकुमार कटुवालको नयाँ कोसेली लेकमा भेडी सार्वजनिक भएको छ । अत्यन्तै मन छुने गीत ‘लेकमा भेडी’ मा अशिमकुमार कटुवाल र मेनुका परियारको समधुर आवाज सुन्न सकिन्छ । यो गीतमा गायक अशिमकै शव्द सृजनालाई विष्णु तामाङले एरेन्ज अनि लय भरेका हुन् । नारायण मगरको निर्देशनमा तयार भएको यो गीतको म्यूजिक भिडियोमा मनोज बुढाथोकी, आयुष्मा कार्की तथा अन्य थुप्रै कलाकारको अभिनय रहेको छ । सुमन तामाङले छांयाकन गरेको उक्त गीत शंकरा डिजिटलमा रेकर्ड गरिएको हो । गीतलाई अशिमकुमार कटुवालको अफिसियल च्यानलबाट हेर्न सकिन्छ ।