May 24, 2022

काभ्रे प्रवाह

इमान्दारिता, पारदर्शिता र खबरदारिता–निष्पक्ष पत्रकारिता

अवैध लागूऔषध सहित पक्राउ

1 min read

ललितपुर/महालक्ष्मी नगरपालिका–२ ईमाडोल डेरा गरी बस्ने सप्तरी घर भएका १६ वर्षीय किशोरलाई नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ हजार २ सय ६० ट्याब्लेट, डाइलेक्स डिसी २ सय ३३ बोतल, औषधि जस्तो देखिने पदार्थ ५ लिटर, ७ थान मोबाइल र नगद ६ हजार ५ सय ९० रुपैयाँ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई शंकास्पद रुपमा फेला पारी उनको कोठा तलासी लिने क्रममा उक्त लागूऔषध सहित उनलाई पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका–४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउन सुगर २.४३ ग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका–८ बस्ने १९ वर्षीय सरोज सुनुवार र सोही ठाउँ बस्ने १९ वर्षीय अभिशेक राजवंशी रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यसैगरी झापा, अर्जुनधारा नगरपालिका–११ बिर्तामोड बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने बस्तु ५ ग्राम सहित भद्रपुर नगरपालिका–९ गारमेन्ट चोक बस्ने १९ वर्षीय पवन भन्ने साईल खानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । गस्तीमा खटिएको प्रहरीले उनलाई शंका लागि जाँच गर्दा उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी झापा, मेचीनगर नगरपालिका–१३ चारआली बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ २९ ग्राम सहित मेचीनगर नगरपालिका–१५ बस्ने ३० वर्षीय कुमोलाल राजबंशी लगायत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका–१४ मल्हनियाबाट लिजिसिक ईन्जेक्सन ५१ पीस, प्रोमिटोजाइन ईन्जेक्सन ५१ पिस, ल्याबोरेट ईन्जेक्सन ५१ पिस र नाइट्रोभेट ३ पिस सहित राजबिराज नगरपालिका–१ बस्ने २१ वर्षीय रमेश कुमार दासलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । सर्लाही, लालबन्दी नगरपालिका–७ स्थित बाटोबाट अवैध लागूऔषध गाँजा २ किलो २ सय ग्राम सहित लालबन्दी नगरपालिका–१४ डाईनी खोला घर भएका १९ वर्षीय सुवाष मोक्तानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ना.४ ख ७६९० नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानका लागि बस चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पर्सा, वीरगंज महानगरपालिका–१४ पावर हाउस चोकबाट अवैध लागूऔषध खैरो हेरोइन करिब ३० ग्राम सहित सोही महागनगरपालिका–१३ राधेमाई बस्ने १५ वर्षीय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको प्रहरीले ती किशोरलाई जाँच गर्दा उक्त खैरो हेरोइन सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published.

Copyright © All rights reserved Kavre Prawaha | Newsphere by AF themes.